प्रमोद खरेलको धमकेदार कोशेली- ‘पृथिवी गोलो गोलो छ’

नेपाली  संगीतका चर्चित गायक प्रमोद खरेलले फेरि अर्को एउटा धमकेदार कोशेली श्रोतमाझ पस्किएका छन्  ।  गायक खरेलको आवाजमा समावेश ‘ विश्वास छैन ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

विश्वास छैन चोटलाग्यो कि भनेर रोकिन्छौ कि
पिर छैन पराईको पाखुरीमा पोखिन्छौ कि
पृथिवी गोलो गोलो छ डर लाग्छ घुम्दै फिर्दै फेरि ठोकिन्छौ की 

प्रमोदको आफ्नै शब्द तथा संगीत रहेको यो गीत निकै मार्मिक छ । प्रमोदले गीतमा वजनदार शब्द प्रयोग गरेका छन् । यसैले, पनि  गीत  सुन्ने श्रोतालाई  यसले  भावूक बनाउँछ ।  शैलेन्द्र  प्रधानको  संगीत  संयोजनमा  प्रमोदले  यस  गीतमा ‘ पृथ्वी गोलो छ  ’ भन्ने भाव दर्र्शाएका छन् । उनले आफ्नै युटुब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।

शब्द संगीत गायन सबै कोणबाट गीत राम्रो बनेको छ। केहि वर्षदेखि नचाउने गीत गाएर श्रोताहरुलाई खुब नचाएका प्रमोदले यो गीतमा भने श्रोतालाई गम्भिर बनाईदिएका छन् । आफ्नो पुरानो शैली पनि भुलेको छैन भन्ने जनाउ पनि यसै गीतमार्फत दिन उनी सफल भएका छन् । गीत अनुसारकै भिडियो बनेकाले यो सिर्जना अझ गहकिलो बनेको छ ।

गीतको भिडियोमा फिरोज तिमिल्सिना, जीवन आचार्य र सारा सिर्पालीलाई फिचरिङ गरिएको छ । सुव्रतराज आचार्यले निर्देेशन गरेको यो म्यूजिक भिडियोमा जीवन रिजाल र निराजन कार्कीको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ ।