छिन्नलता गीत पुरस्कार घोषणा

छिन्नलता गीत पुरस्कार गुठीले २०७४ सालको पुरस्कार तथा सम्मानको घोषणा गरेको छ। गीत रचनामा ज्ञानेन्द्र गदाल , संगीत रचनामा बसन्त क्षेत्री र गायनमा संगीता राना प्रधानलाई यसपटक पुरस्कृत गरिने गुठीले जनाएको छ।

बसन्त क्षेत्री

ज्ञानेन्द्र गदाल

संगीता राना प्रधान

गायिका मेलिना राई र गायक संगीतकार राजनराज शिवाकोटीलाई ‘कुटुमा कुटु’ गीतका लागि संयुक्त रुपमा युवा प्रतिभा पुरस्कार दिईने कुरा पनि गुठीले बताएको छ।
त्यस्तै वरिष्ठ संगीतकार शान्ति ठटाल र वरिष्ठ गीतकार शिवशंकर थापालाई छिन्नलता विशेष सम्मान प्रदान गरिने छ। पुरस्कार र सम्मान गुठीले संस्थापक तथा गीतकार रमोलादेवी शाह छिन्नलता को जन्मजयन्ति पारेर साउन ७ गते एक भव्य समारोह बिच हस्तान्तरण गरिने गुठीले जनाएको छ।

मेलिना राई

राजनराज शिवाकोटी

शान्ति ठटाल

शिवशंकर थापा