‘धुर्वतारा’ एल्बम लिएर नेपाली गायनमा बिमला

‘धुर्वतारा’ नामक एल्बम लिएर नेपाली गायनमा बिमला परियार देखापरेकी छिन्।पॉचवटा गीत समावेश यो एल्बममा बिक्रम परियार,राजेशकुमार श्रेष्ठ, सन्तोष प्रगांढ, बसन्त सापकोटा र उषा कार्कीको शब्द संगीत रहेको छ । बिमलालाई युगल गीतमा बिक्रम परियारले पनि साथ दिएका छन् ।एल्बम एउटा भव्य कार्यक्रमका बिच पुर्व मन्त्री मिनबहादुर विश्वकर्माले विमोचन गरेका थिए।

मिठो स्बर र गायकीको कारण बिमलाको यो एल्बम राम्रो बनेको छ। शब्द संगीत सबै मिठा र गहकिला छन् । आशिष अभिरल सहॉस शाक्य किशोर कार्कीको संगीत संयोजन पनि राम्रो छ ।