लक्ष्मी आचार्य

अब नेपाली कलाकर्मीहरुलाई पनि विश्वकप फुटबलले बिस्तारै छुन थालेको छ।सहभागी बिभिन्न टिमको समर्थनमा कुराकानी र बाजी चल्न थालेको छ । सामाजिक संजालमा आफ्ना- आफ्ना मनपर्ने टिमको जर्सी लगाएर फोटो हाल्न थालेका छन् । यसै मेसोमा गायिका र मोडलको राम्रो परिचय बनाईसकेकी लक्ष्मी आचार्यले पनि आफुलाई अर्जेन्टिनाको समर्थनमा उभ्याएर नबिन के श्रेष्ठसंग बिशेष फोटोसेसन नै गराएकी छिन् । बच्चैदेखि खेलप्रेमी भए पनि खेलाडी बन्न नसकेको कुतकुती उनलाई अहिले पनि छ।त्यसैले गायन र अभिनयसंगै खेलप्रेमी पनि हु भनेर चिनाउने अभिप्रायले आफुले फोटो सुट नै गरेको दावी उनले गरिन ।