गायिका धनकुमारी थापा ‘सरु’ तथा गायक बिक्रम थापाको “आज मुड चल्या छ” 

लोकदोहोरी गायिका धनकुमारी थापा ‘सरु’ गायिका पूर्ण कला बिसी तथा लोकगायक बिक्रम थापाको गीत “आज मुड चल्या छ को म्युजिक भिडियो एक भब्य कार्यक्रम बीच सार्बजनिक भएको छ । दशकौ देखि लोकगायन क्षेत्रमा लागेर चर्चित गीतहरु गाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाउन सफल गायिका धन कुमारी थापा ‘सरु’ गायिका पूर्णकला बिसी र मिठो स्वरका धनि गायक बिक्रम थापाको नया  गीत“आज मुड चल्या छ” सांगीतिक बजारमा आएको हो ।

दरबारमार्गमा भएको एक कार्यक्रममा सो गीतको म्युजिक भिडियोलाई प्रमुख अतिथि नेपालि कांग्रेस क्षेत्रिय सभापति नुवाकोटका अर्जुन न्युपाने, कलाकार तथा ग्लोबल फिल्म अवार्डका नबराज श्रेष्ठ, अतिथिहरु संगीतकर्मी, संचारकर्मीहरुको उपस्थितिमा म्युजिक भिडियोलाई बिमोचन गरिएको थियो ।   

म्युजिक भिडियोमा चर्चित मोडल दुर्गेश थापा तथा मोडल अन्जली अधिकारिको बेजोड नृत्य तथा अभिनय रहेको छ । शब्द तथा संगीत कारण न्यौपानेको रहेको यस गीतको म्युजिक भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका छन् भने अजय रेग्मीले छायांकन गरेका हुन ।

गायिका पूर्ण कला बिसी

गायक बिक्रम थापा

कला र गलाको लोकगायिका धनकुमारी थापालाइ लोक सस्कृतिको एक धरोहर स्रस्टा मान्न सकिन्छ । नुवाकोट जिल्लामा जन्मेर काठमाडौँलाइ कर्मथलो बनाएकी चर्चित लोक गायिका धन कुमारी थापा बिगत दुइ दशकदेखि आफ्नो कला, भाका, लोक सस्कृति  पहिचान जोगाउन तल्लिन छिन ।नेपालमानै पहिलो पटक रोदी अर्थात लोक दोहोरी साझ खोलेर लोक दोहोरीलाई ब्यबसायिक रुपमा अगाडी बढाएर निरन्तर रुपमा नेपाली लोक भाका, सस्कृतिको पहिचानलाइ जिबन्तरुप दिन सफल लोकगायिका धन कुमारी थापा नेपाली लोक संगीत क्षेत्रकि एक नक्षत्र बन्न सफल भएकी  छन् । निरन्तर रुपमा लोक संगीतको साधना गर्दै आएकी गायिका धनकुमारीले दर्जनौ चर्चित लोकगायक गायिकाहरुलाइ समेत आफ्नो रोदी घरबाट उनीहरुलाई स्थापित बनाउदै  लोक सांगीतिक फाटमा उत्पादन गरिसकेकी छिन । तसर्थ पनि उनलाई लोकसंगीतको हस्ती मानिन्छ । उनि गायिका मात्र नभएर गीतकार पनि हुन ।