‘यो पागल मन’ को ट्रेलर सार्बजनिक

अभिनेत्री ऋचा सिंह ठकुरी र अभिनेता विनोद न्यौपानेको प्रमुख भूमिका रहेको चलचित्र ‘यो पागल मन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । प्रेम, विछोड र द्वन्द्वलाई ट्रेलरमा मुख्य स्थान दिइएको छ ।असार २९ गते सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘यो पागल मन’ को राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै  ट्रेलर सार्बजनिक गरिएको हो ।

कल्याण अधिकारी निर्देशित चलचित्रलाइ बिरेन्द्र कुमार यादब  निर्माण गरेका हुन् । चलचित्रमा गौरी मल्ल,राजेश ढुंगाना,मनिष भण्डारी,बिशाल श्रेष्ठ,एनी कुँवर लगाएतको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको चलचित्र लाइ शम्भु सापकोटाले खिचेका हुन् । अनिल गौतमको सम्पादन रहेको चलचित्रमा भोमन कटुवालको मुख्य सहायक निर्देशन रहेको छ । कमल राइको कोरियोग्राफी रहेको चलचित्रमा द्वन्द निर्देशन राजु किरांतको रहेको छ  ।