मेचु धिमाल

नेपाली गायनमा प्रतिभासम्पन्न स्वरकर्मीहरुको आगमन हुन थालेको छ । सिकेर जानेर प्रतिभाहरु पुर्व तयारी गरेर सागीतिक मैदानमा आउन थालेका छन् ।यसै मेसोमा गायिका मेचु धिमाल पनि आफ्नो भाग्य अजमाउन नेपाली गायनमा देखापरेकी छिन् । सबै प्रकारका गीत गाउन सिपालु मेचु क्लासिकलदेखि लाईट म्युजिकका सबै बिधामा पोख्त छिन् । दर्जनौ गीतमा स्वर दिईसकेकी छिन् ।चलचित्र , एल्बम र कार्यक्रमहरुमा समेत उनको स्वर गुन्जिसकेको छ।आकर्षक व्यक्तित्व र गायन प्रतिभाले भरिपुर्ण मेचुको जीवनचर्या भनेकै संगीत हो ।