‘कादम्बरी कुन्ज’ सार्वजनिक

डायस्पोरामा रहेर गीतिकारिता गरिरहेकी गीतकार कादम्बरी दाना श्रेष्ठले आफ्नो एकल रचनामा ‘कादम्बरी कुन्ज’ नामक एल्बम एउटा भव्य समारोह बिच सार्वजनिक गरेकी छिन् । एल्बममा शंकर थापा स्माईलको एकल संगीत छ भने उदयराज पौडेलको एकल संगीत संयोजन छ। मिलन अमात्य , सागर आले,सन्ध्या जोशी, आयुस केसी, सरिता शाही र शंकर थापा स्माईलको स्वर रहेको यो एल्बममा ६ वटा गीत समावेस छ।

गीतकार कादम्बरी दाना श्रेष्ठ

संगीतकार शंकर थापा स्माईल

 संगीत संयोजक उदयराज पौडेल

सरल लेखन , मिठो सुरताल, मिठो गायन र संगीत संयोजनले गीतलाई जीवन्त बनाएको छ। नाच्न , हास्न , टोलाउन , खुशी साट्न , दुख बाढ्न मिल्ने गीत संग्रह गरिएकाले श्रोता हरपल यो एल्बम सुनेर रमाउने देखिन्छ । एल्बमको बजार व्यबस्थापन डस म्युजिकले गरिरहेको छ।

वरिष्ठ संगीतकार दिपक जंगम, वरिष्ठ गीतकार रामबिक्रम सिजापती, संगीतकार राजु सिंह, संगीत उधमी सूर्य मगरको आतिथ्यमा एल्बम बिमोचन  समारोहमा एल्बमसंग सम्बन्धित कलाकार , अन्य गायक गायिका , समाजसेवी , पत्रकारको बाक्लो उपस्थिती थियो । समारोहमा गीतकार कादम्बरीले एउटा सामाजिक संस्थालाई रु २१ हजार सहयोग स्वरुप प्रदान पनि गरेकी थिईन । एल्बममा समावेस तिनवटा गीतको म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो ।