‘झम्केफुली रेलिमाई ‘ सार्वजनिक

निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा टेवा पुराउदै आएका गायक सन्जिब पराजुली र गायिका अबुन पाण्डेले भर्खरै मात्र ‘झम्केफुली रेलिमाई ‘ बोलको गीत सार्वजनिक गरेका छन् । नेपाली लोक भाकामा रहेको यो गीतमा रचनाकार रमेश दाहालका  शब्दहरु रहेका छन् । संगीतकार टिका दाहालको संगीतले सजिएको यस गीतमा म्युजिक अरेन्ज गोपाल रसाइलीको रहेको छ ।

प्रस्तुत गीतलाई सगर राज फिल्मसका डाइरेक्टर सगरराजले निर्देशन गर्नु भएको छ । गीतलाई जिवन्त रुप दिई क्यामरामा अनिल के मानन्धरले कैद गर्नु भएको छ भने शिलन लम्सालले एडिटिंग र कलरिंग गर्नु भएको छ । कलाकारहरु दीप्सन परियार, अश्मी भण्डारी, सुर्य योञ्जन, अभिलाषा शर्मा, अनिल छ्त्री, संगीता गुरुङ, सागर राई र बबिता श्रेष्ठले अभिनय मार्फत गीतको भाव ब्यक्त गरेका छन् । गीतलाई सुर्य योञ्जन र ग्रूवी बोइजले कोरिओग्राफ गर्नु भएको छ । गीतलाई कंडेल कन्सोलटेनसी इडुकेसन र माईग्रेशन सर्विसले प्रयोजन गरेको छ ।

                                               गायक सन्जिब पराजुली र गायिका अबुन पाण्डे

                                                                   संगीतकार टिका दाहाल

                                                रचनाकार रमेश दाहाल