चलचित्र ‘यो माया कस्तो माया’को रोमान्टिक गीत सार्बजानिक

चलचित्र ‘यो माया कस्तो माया’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । एसकेएन सिनेमा प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘यो माया कस्तो माया’को राजधानीमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।

चलचित्रका मुख्य कलाकार दिवस धिताल र सभ्यता गिरी लाई फिचर गरेको गीतमा फिरोज बस्नेत र अन्जु पन्तको स्वर रहेको छ । कलेज उमेरमा हुने प्रेमी र प्रेमिका बीचको माया देखीलिएर अहिलेसम्म कसैले परिभाषित गर्न नसकेको मायाको परिभाषाको खोजी गरिएको भनिएको चलचित्रका प्रस्तुतकर्ता किसान पोख्रेल हुन ।

भुषण आनन्द ठकुरीको निर्देशनमा तयार भएको चलचित्रको कथा ठकुरी आफैँले लेखेका हुन । चलचित्रमा अर्जुन पोख्रेलको सङ्गीत, शंकर महर्जनको द्वन्द , कबिराज गहतराज, रामजी लामिछाने, बिक्रम लामा, र एन्जिला खत्रीको कोरियोग्राफी, अर्जुन बिशीको सम्पादन तथा दिब्य सुबेदीको छायाँकन रहेको छ ।

प्रेम एकजनासँग हुन्छ र बिवाह अर्कोसँग हुन्छ, प्रेम भएकोसँग विवाह हुँदैन र विवाह भएकोसँग प्रेम हुँदैन भन्ने बिषयमा बनेको ‘यो माया कस्तो माया’ लाई काठमाडौं, दोलखा, तथा दार्जिलिङलगायतका स्थानहरुमा छायाँकन गरिएको छ ।

चलचित्रमा दिवस धिताल, सभ्यता गिरी , ऋतु पौडेल , युबराज केशरी , सुन्दर श्रेष्ठ , लय संग्रौला, सुमित डङ्गोल, तारा केशी , तुलसा शर्मा, शंकर महर्जन , सुर्यमान गुरुङ , महेस दाहाल, रोशन दाहाल, किरण राइ, दिपेन बस्नेत, बिकास पोख्रेल, नितु कोइरालालगायतको अभिनय रहेको छ ।