चलचित्र विकास बोर्डबाट महिला कलाकारहरु सम्मानित

चलचित्र विकास बोर्डले राजधानीमा  ‘महिला सशक्तीकरणका लागि सुचनाको हक अभिमुखीकरण तथा प्रशिक्षण कार्यशाला’ आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथि रहेकी प्रदेश ३ प्रमुख अनुराधा कोइरालाले कलाकार समाजका रोल मोडल भएकाले महिला कलाकारहरुले समाजलाई प्रभावित पार्न सक्ने बताइन् ।

उक्त अवसरमा अभिनेत्री करिश्मा मानन्धर, साम्राज्ञी राज्यलक्ष्मी शाह, बरिष्ठ कलाकार चत्यदेबी, शकुन्तला  शर्मा, बसुन्धारा भुसाल र दिपाश्री निरौलालाई सम्मान गरिएको थियो ।कार्यक्रमकी प्रमुख अतिथी अनुराधा कोइराला र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले उनीहरुलाई सम्मान गरेका थिए ।

नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको छोटो समयमै आफ्नो कलाको माध्यमबाट महिला सशक्तिकरणमा योगदान गरेको भन्दै अभिनेत्री शाहलाई सम्मानित गरिएको हो । कार्यक्रमको दोस्रो सत्रमा सुचनाको हक बिषयक तालिमका लागि बरिष्ठ पत्रकार बबिता बस्नेतले महिला सहभागीलाई प्रशिक्षण दिएकी थिइन् ।