कालीप्रसादलाई सम्मान, सुमन र पवित्रालाई वर्ष गीत पुरस्कार,राखीलाई डायस्पोरा ,जानुका र सुमनलाई पुस्तक पुरस्कार

गीतकार कालीप्रसाद रिजाल‘अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान ’ बाट  सम्मानित भएका छन् । गीतकार संघ नेपालले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा  रिजाललाई सम्मान गरेको हो । प्रमुख अतिथि पूर्वराष्ट्रपति डा.रामवरण यादवले रु १ लाख १ रुपैयाँसहित ताम्रपत्र र दोसल्ला ओढाएर गीतकार रिजाललाई सम्मान गरेका थिए ।

गीतकार पवित्रा राई र सुमन वैरागीले वर्षगीत पुरस्कार जित्न सफल भए  । उत्कृष्ट दशभित्रबाट दुई स्रष्टालाई रु. ५१ हजार राशिको यो पुरस्कार प्रदान गरिएको थियो ।यस्तै, गीत पुस्तक पुरस्कारबाट जानुका राई र सुमन श्रापित सम्मानित भएका छन् । रु. ५१ हजार नगद राशिसहितको यो सम्मानबाट राईको ‘आमा’ र श्रापितको भावनाको खेती सम्मानित भएको हो  ।

यसैगरी अमेरिकामा बस्दै आएकी गीतकार राखी गौचन ‘डायस्पोरा गीतकार’ को रुपमा सम्मानित भइन् । पुरस्कारको राशी ११ हजार नगद छ ।कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटा,  गीतकार किरण खरेल, रत्नशमशेर थापा, यादव खरेल,, एसपी कोईराला लगायतको आतिथ्यता रहेको थियो । संघका अध्यक्ष चुडामणी देवकोटाको सभापतित्वमा  कार्यक्रम सम्पन्न भएको थियो