गीत एंवम गजल संग्रह ‘सपना हजार’ सार्बजनिक

डा केशब शर्माद्वारा रचित गीत एंवम गजलहरुको संग्रह ‘सपना हजार’ एउटा भव्य समारोहबिच सार्बजनिक भएको छ। लोकसंस्कृति बिज्ञ कबि तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा एल्बमको समिक्षा र चर्चा भएको थियो ।


संजीवनी, मनोजराज,शिव परियार,निशा देशार,विश्व नेपाली,मेलिना राई, राज सिग्देल, सिडि बिजय अधिकारी र ईन्दु बानियाको स्वर रहेको यो एल्बमका सम्पुर्ण गीतमा संन्तोष श्रेष्ठको संगीत छ।देवेन्द्र नेवा, आमोस तामांग र सुदिप सागरको मिठो संगीत संयोजनमा गीतहरु राम्रा बनेका छन् । सरल शब्द , मिठो संगीत र सुरिलो गायनले एल्बम गहकिलो बनेको छ।समावेश सात गीत नै राम्रा छन् । बिबिध भाब र प्रसंगमा लेखिएका गीत श्रोताको रोजाईमा पर्ने खालका छन् ।