रोमान्टिक शब्दमा प्रेमिको यादमा कल्पिदै बिपिन / माण्डवीको नयाँ गीत

                                                                         जब फूलमा खेल्न थाल्छ शीत
                                                                          जब मनमा सल्बलाउछ प्रीत
                                                                                    तिमी याद आउछौ

माण्डवी त्रिपाठीको स्वरमा पछिल्लो पटक सार्वजनिक भएको यो गीत कर्णप्रिय छ । बिशेषगरि नचाउने गीतहरुले श्रोतालाई नचाउदै आएकी माण्डवीले यसपटक भने श्रोताहरुलाई गम्भिर बनाएर आफ्नो गीतमा भुलाउने प्रयत्न गरेकी छिन् । रोमान्टिक शब्दमा प्रेमिको यादमा कल्पिदै यो गीत सुन्नुको मज्जा बेग्लै छ। उनको स्वर पनि यो गीतमा खुलेको छ। आफु सबै प्रकारको गीतमा सक्षम रहेको संकेत उनले गरेकी छिन् ।

गीतमा शब्द संगीत र संगीत संयोजन बिपिन आचार्यको छ ।बिपिन पनि संगीतका सबै बिधामा अब्बल रहेको प्रमाणित गर्न यो गीत नै काफी छ। राम्रो शब्दकार , संगीतकार, र संगीत संयोजको परिचयलाई यो गीतले अझ फराकिलो बनाई दिएको छ। यस्तै यस्तै सिर्जना आउदै जाने हो भने निकट भबिष्यमा यो जोडी संगीतपारखीमाझ अझ लोकप्रिय बन्ने कुरामा दुइ मत छैन । नातामा पति पत्नी बिपिन र माण्डवी यो गीतमा ओजनदार रहेर पेश भएका छन् ।


गीतको म्युजिक भिडियोमा समन अधिकारीले दुबै पति पत्नीको फिलिंग्स बुझेर कथानक पेश गरेका छन् । प्रियंका कार्की र अनन्त लामिछानेले बिपिन र माण्डवीकै झल्को दिने गरि अभिनय गरेका छन् । शिबराम श्रेष्ठले पनि दृश्य कैदमा राम्रो ध्यान पुराईदिएका छन् । सधै भिडियोलाई ग्ल्यामरस बनाउदै आएका समनले यसपटक भने कलात्मक बनाएका छन् । उनको काम पनि तारिफ योग्य छ ।