स्वीट्जरल्याण्ड ब्राजिललाई बराबरीमा रोकेर अंक खोस्न सफल

रसियामा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तरगत उपाधि विजेता मानिएको ब्राजिल सन् १९७८ पछि पहिलो पटक विश्वकपको पहिलो खेलमा जित हात पार्न असफल भएको छ । उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिललाई रोस्तोभ एरिनामा भएको समूह ई को खेलमा स्विटजरल्यान्डले बहादुरी देखाउँदै स्वीट्जरल्याण्डले १–१ को बराबरीमा रोकेको हो ।

खेलमा ब्राजिलले सुरुवाति अग्रता पनि लिएको थियो । ब्राजिलका लागि स्पेनिस क्लब बार्सिलोनाबाट व्यवासयिक फुटबल खेल्दै आएका फिलिपे कोटिन्होले खेलको २० औँ मिनेटमा  एरियाको केही बाहिरबाट उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । विश्वका चर्चित क्लबहरुबाट खेल्ने स्टार खेलाडीले भरिएको ब्राजिललाई कडा चुनौती दिँदै स्विटजरल्यान्डले बराबरीमा रोकेर अंक खोस्न सफल भएको हो । पहिलो हाफमा १–० मा टुंगिएको अवस्थामा स्विटजरल्यान्डले दोस्रो हाफमा खेललाई बराबरीमा फर्कायो । खेलको ५० औँ मिनेटमा स्टेभन जुबेरले हेडबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

ब्राजिलका लागि कोटिन्हो र नेइमारले गोलको प्रयास गरे पनि सफल हुन सकेनन् । कमजोर मानिएको ब्राजिल बराबरीमा रोकिएपछि उपाधि दाबेदार मानिएका टिमहरुको विश्वकप यात्रा सुस्त भएको छ । प्रशिक्षक टिटेको नेतृत्वमा रहेको ब्राजिलले नेइमारसँगै गाब्रियल जेसिस र विनियनलाई अगाडि खेलाएको थियो । तर, ५० औं मिनेटमा स्टीभन जुवेरले बराबरी गोल गरे । यो बराबरीले ब्राजिलको लगातार ९ खेलको विजयी यात्रामा पनि पूर्णविराम लगाएको छ । समूह ईमा रहेको दुबै टोलीले अब सर्विया र कोष्टारिकासँग खेल्न बाँकी छ ।

आइसल्यान्डका खेलाडीले लियोन मेस्सीलाई चल्न नदिएको भोली पल्ट ब्राजिलियन स्टार नेयमारलाई पनि स्विट्जरल्यान्डका रक्षकले उच्च प्रदर्शन गर्नबाट रोकेका थिए ।शनिबार पहिलो पटक विश्व कप खेलिरहेको आइसल्यान्डसँग मेस्सीको अर्जेन्टिना पनि १–१ को बराबरीमा रोकिएको थियो ।त्यसका वावजुद पनि नेयमारले केहि प्रयास गरे, तर सफल हुन सकेनन् । समूह इको यसअघि भएको अर्को खेलमा सर्बियाले कोस्टा रिकालाई १–०ले हराएको थियो । सर्बिया ३ अंकका साथ शीर्ष स्थानमा रहँदा ब्राजिल र स्विट्जरल्यान्डको समान १ अंक छ । कोस्टारिका अंक विहिन छ ।