गायिका इन्दिरा भट्टराई र गायक भुबनप्रकाशको युगल स्वरमा: ‘ माछी त खोली लेउमा’

गायिका इन्दिरा भट्टराई र गायक भुबन प्रकाशको युगल स्वरमा मिठो लोकभाका ‘ माछी त खोली लेउमा’ भिडियो सहित सार्वजनिक भएको छ ।यो गीतमा भाका सुहाउदो शब्द कोरेका छन् डिल्ली राईले । लय बनाउने काम गरेका छन् गायक स्वयं भुवन प्रकाशले । गीतमा मिठो संगीत संयोजन गरेका छन् कुन्दन राईले ।लेकपरिवेशमै राम्रो भिडियो बनाएका छन् उनै कुन्दन राईले ।

गायक गायिकाले नै अभिनय गरेको यो गीतलाई छायॉकंन र सम्पादन गरेका छन् राकेश बज्राचार्यले । मिठो छ गीत । नेपाली लोक जनजीवन र परिवेशका वस्तुस्थिति प्रस्तुत गरिएकाले सम्पुर्ण रुपमा गीत नेपाल र नेपालीको बनेको छ । मिठो स्वरले गीत अझ खुलेको छ ।गीतको भिडियोलाई भेडेटारमा छायांकन गरिएको छ ।