जीवन शाही निर्देशित म्युजिक भिडियो ‘माया गर्छु’ क्रमश हिट हुँदै

जीवन शाही निर्देशित म्युजिक भिडियोले क्रमश हिट हुने लक्षण देखाउन थालेको छ । हिमाल रिजाल , संचिता शाही, नवराज सुनार र मेघराज कडेल अभिनित यो भिडियोमा अर्जुन पोखरेलको सम्पादन , चक्र महर्जनको छॉयांकन रहेको छ। भिडियोमा सम्बन्धित सबैले ठिक ठाउमा ठिक काम गरिदिएकाले उत्कृष्ठ बनेको छ ।गीत बुझ्न कुनै माथा पच्चिसी गर्नै पर्दैन । सरल सहज छ गीत।


प्रमोद खरेलको स्वर, सिडी बिजय अधिकारीको संगीत र बिक्रम सुबेदीको रचना रहेको यो गीत पनि उत्कृष्ठ रहेको छ । संगीतकार सिडी बिजयका उत्तम गीतहरु मध्यमा यो पनि एउटा थपिएको छ । यति सुन्दर सिर्जना नेपाली संगीतको भन्डारमा थपिदिएकोमा सबै धन्यवादका पात्र बनेका छन् ।