दक्षिण कोरिया भिएआर प्रविधिले पराजित

६५ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दै स्वीडेनका कप्तान एन्डे्रस ग्रान्कभिस्टले विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा  दक्षिण कोरियालाई पराजीत गर्दै महत्वपूर्ण तीन अंक जोडेकोे छ ।क्षिण कोरिया र स्विडेन दुवैले पहिलो हाफमा थुप्रै अवसरहरु पाए पनि परिणत गर्न सकेका थिएनन् ।

जर्मनी मेक्सिकोसँग स्तब्ध बनेपछि समूह ‘एफ’ का स्वीडेन र दक्षिण कोरिया दबावमा थिए । चार पटकको विश्व विजेता इटालीलाई प्ले अफमा हराउँदै विश्वकपमा आएको स्वीडेनले अघिल्लो चरणको सम्भावना बलियो पारेकोे छ । खेलमा एउटै सट पोस्टको दिशामा प्रहार गर्न नसकेको दक्षिण कोरियाविरुद्ध स्वीडेन हाबी बनेको थियो । ५६ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको स्वीडेनले प्रहार गरेका १५ सटमा ४ सट पोस्टको दिशामा थियो । कोरियाले ५ सट प्रहार गरे पनि त्यसले पोस्टको दिशा लिन सकेन ।

स्विडेनले १२ वर्षपछि विश्वकपमा गोल गरेको हो। कोरियाको तुलनामा स्विडेनले खेलमा बलियो पकड बनाएपनि पाएका थुप्रै अवसरहरूलाई सदुपयोग भने गर्न सकेन। स्विडेनले खेलमा ५६ प्रतिशत बल पोजेसन आफ्नो पक्षमा राखेपनि अन्य गोल गर्न भने सकेन। स्विडेनका खेलाडीले पाएका केहि सुन्दर अवसरलाई कोरियन गोलरक्षक चो ह्युन वो र रक्षापंक्तिले विफल तुल्याइदिएका थिए। यता कोरियाले पाएका केहि सुन्दर अवसरलाई सदुुपयोग  गर्न सकेन।

खेलअवधिभर कोरियाली २ र स्विडेनका १ खेलाडीले पहेलो कार्ड प्राप्त गर्दा कोरियाले २२ र स्विडेनले १९ वटा फउल गरेका थिए। त्यस्तै स्विडेनले १५ र कोरियाले ५ पटक विपक्षिको पोस्टमा धावा बोलेका थिए। इब्राहिभोभिचको अनुपस्थितीमा स्विडेनले राम्रो खेल्न नसक्ने धेरैको अनुमानलाई  खेलाडीले गलत सावित गरिदिएका छन् ।

सन् २०१६ को युरोपियन च्याम्पियनसिपपछि इब्राहिभोभिचले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेपछि स्विडेनको टोली संकटमा पर्ने अनुमान गरिएको थियो। १९९४ को विश्वकपमा स्विडेनले तेश्रो स्थान हात पारेको थियो। यो स्विडेनको विश्वकपमा अहिलेसम्मकै ठुलो उपलब्धि हो।

सन् २००६ पछि पहिलो पटक विश्वकपमा छनोट भएको स्विडेन युरोपेली छनोटको समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेको थियो। स्विडेनले प्लेअफमा इटालीलाई १–० ले निराश पार्दै रूस विश्वकपको टिकट काटेको हो।

सन् २००२ मा घरेलु मैदानमा सम्पन्न विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको दक्षिण कोरिया सन् २००६ को जर्मनी विश्वकपमा भने समूहचरणबाटै बाहिरिएको थियो। त्यस्तै सन् २०१० मा अन्तिम १६ सम्मको यात्रा पक्का गरेको एसियाली टोली सन् २०१४ को विश्वकपमा भने जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको थियो।