१२ वर्षपछि फ्रान्स फाइनलमा

बेल्जियमलाई १–० ले पराजित गर्दै फ्रान्स  विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा  प्रवेश गरेको छ ।  सेन्ट पिटसवर्ग स्टेडियममा करिब ६० हजार दर्शकमाझ भएको पहिलो सेमिफाइनल भिडन्तमा खेलको ५१ औँ मिनेटमा गरेको गोल नै फ्रान्सलाई उपाधि नजिक पु¥याउन पर्याप्त भयो ।  पहिलो हाफ गोलरहित बराबरी खेलेपछि दोस्रो हाफमा फ्रान्सलाई जिताउने क्रममा खेलको ५१ औँ मिनेटमा कर्णर बललाई सदुपयोग गर्दै बार्सिलोनाका डिफेन्डर स्यामुएल युमिटीले जाली चुमाएका थिए ।

एन्टोइन ग्रिजमनले दिएको कर्णर बललाई हेडरमार्फत युमिटीले जाली चुमाएपछि फ्रान्स १–० ले विजयी हुँदै विश्वकपको फाइनलमा प्रवेश गरेको हो । सन् १९९८ मा ब्राजिललाई ३-० ले पराजीत गर्दै पहिलोपटक विश्व विजेता बनेको फ्रान्स, त्यसयता पहिलो पटक विश्वकप फाइनलमा पुगेको हो। फ्रान्सले विश्वकप उपाधिका लागि क्रोएशिया र इङ्ल्याण्डबीच हुने खेलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ।

चालु विश्वकपमा एक खेल पनि नहारेको  वेल्जियमले गोलका केही सुन्दर अवसरहरु पनि सिर्जना गरेको थियो । तर गोल गर्न असफल रह्यो । बलमाथि वेल्जियमको नियन्त्रण बढी भए पनि गोल गर्दै  खेल जित्न फ्रान्स सफल भयो । यसअघि सन् २००६ मा फाइनल खेलेको फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो ।