इंग्ल्यान्डको रोमाञ्चक जीत

फिफा विश्वकपको समूह जी अन्तरगत इङ्ल्याण्ड र ट्युनिसिया बीचको खेलमा इङ्ल्याण्डले कठीन जित निकालेको छ ।  सोमबार भएको इंग्ल्यान्ड तथा ट्युनिशयाबिचको खेलमा इंग्ल्यान्डले ट्यूनिशियालाई हराएको छ। ट्यूनिशिया इंग्ल्यान्डसँग २-१ गोलले पराजित भएको हो। जीतका लागि इंग्ल्यान्डले अतिरिक्त समयसम्म कुर्नुपर्यो। खेल बराबरीतर्फ समापन हुने अनुमान हुँदै गर्दा इंग्ल्यान्डका कप्तान ह्यारी केन अतिरिक्त समयको पहिलो मिनेटमा ट्यूनिशियाको पोस्टमा आफ्नो र टोलीका लागि दोश्रो गोल गर्दै इंग्ल्यान्डलाई महत्वपूर्ण ३ अंक दिलाए।

खेलको पहिलो हाफमा इंग्ल्यान्डका कप्तान केनले गोल गर्दै अग्रता कायम गरेका थिए । ट्युनिसियाले पेनाल्टीको अवसर पाएपछि ३५ औं मिनेटमा फरजानी सासीले गोल गरी खेल बराबरी गरे ।  उनले खेलको ११ औं मिनेटमा ट्यूनिशियाका गोल रक्षकले पन्च गरेर फर्काएको बललाई जाली चुमाएका थिए। बराबरीमा पहिलो हाफ सकेका इंग्ल्यान्ड तथा ट्यूनिशियाले दोस्रो हाफमा एकअर्का  विरूद्ध गोल गर्ने प्रयास गरे तर सकेनन्। यसरी आफ्ना कप्तानको दोश्रो गोलले इंग्ल्यान्डले पुन: अग्रता लिदैं ट्यीनिशियालाई २-१ गोलले हरायो।