कोलम्बियामाथि जापान विजयी

१० खेलाडीमा सीमित कोलम्बियालाई २-१ गोलले स्तब्ध पार्दै एसियाली टोली जापानले रुस विश्वकपमा सुखद सुरुआत गरेको छ।  समूह ‘एच’अन्तर्गत मंगलबार बेलुका भएको प्रतिस्पर्धात्मक खेलमा कोलम्बिया खेलको तेस्रो मिनेटमै १० खेलाडीमा समेटिएको थियो। डीबक्सभित्र बल बचाउने क्रममा कोलम्बियाका कार्लोस सान्चेजले ह्यान्ड गरेपछि उनी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। रुस विश्वकपका कार्लोसले पाएको यो पहिलो रातो कार्ड हो । विश्वकपको इतिहासमा भने यो खेल सुरु भएको कम समयमा पाएको दोस्रो रातो कार्ड हो। यसअघि सन् १९८६ को विश्वकपमा स्कटल्यान्डविरुद्घको खेल सुरु भएको पहिलो मिनेटमै उरुग्वेका जोसे बाटिस्टाले रातो कार्ड पाएका थिए।

कार्लोसको त्यही गल्तीमा जापानले पेनाल्टीको अवसर पाएको थियो। जापानका लागि खेलको छैठौं मिनेटमा स्निजी कागावाले पेनाल्टीमा गोल गरेर अग्रता दिलाएका थिए । १० खेलाडीमा सीमित भएको कोलम्बियाका लागि खेलको ३१ औं मिनेटमा जुआन फर्नान्डो क्विन्टेरोले बराबरी गोल फर्काए । जापानका लागि युया ओसाकाले खेलको ७३ औं मिनेटमा विजयी गोल गरे । पहिलो हाफको तुलनामा दोस्रो हाफमा जापानले बलमा धेरै नियन्त्रण बनाएको थियो । खेलमा ६२ प्रतिशत समय बल जापानको नियन्त्रणमा थियो ।

जापानले प्रहार गरेका १४ सटमा ५ सट पोस्टको दिशामा थिए । यस्तै खेलमा कोलम्बियाले प्रहार गरेका ८ सटमा ३ सट पोस्टको दिशामा थिए ।
कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । जापानका सिन्जी कागावाले पेनाल्टीको सदुपयोग गरे। १० खेलाडीमा समेटिएपछि पनि आक्रामक देखिएको कोलम्बियाले ३९औं मिनेटमा बारबरी गोल फर्कायो। कोलम्बियाका हुवाँ क्विनटेरोले बराबरी गोल गरेका थिए।  क्विनटेरोको प्रहारलाई जापानका गोलरक्षकले गोल लाइनभित्र समाए पनि रेफ्रीले गोल दिएका थिए। पहिलो हाफमा संकट टारेको कोलम्बिया दोस्रो हाफमा त्यति जम्न सकेन। खेलको अन्तिमसम्म लयमा देखिएको जापानले ७३ औं मिनेटमा दोस्रो गोल गर्‍यो। जापानका युया ओसाकोले हेड गोल गर्दै टोलीलाई जित दिलाए। उनले केइसुके होन्डाको कर्नर पासमा गोल गरेका हुन्।

कोलम्बियाले दोस्रो हाफमा टोलीका प्रभावशाली खेलाडी जेम्स रोड्रिगेजलाई उतारे पनि सफलता पाउन सकेन। जितसँगै समूहमा जापानले महत्वपूर्ण तीन अंक बनाएको छ। पुरानै खेलाडीको भरमा रुस यात्रा गरेको जापानले पहिलोपटक सन् १९९८ को विश्वकप खेलेको थियो। त्यसयता जापानले नियमित विश्वकप खेल्दै आएको छ। यसैगरी कोलम्बियाले २०१४ को विश्वकपमा डार्क हर्सको छवि बनाएको थियो।  कोलम्बियाले सन् २००२ देखि सन् २०१० को तीनवटा विश्वकप छनोट चरण नै पार गर्न सकेन। तर, रुस विश्वकपमा बलियो छाप छाड्ने अभियानमा रहेको कोलम्बियालाई पहिलो खेलको सुरुआतमै पाएको रातो कार्ड महँगो सावित भयो