सनमुन मोसन पिक्चर्स ग्रुपले नयाँ गीत ‘ ए काली ’ बजारमा ल्याउँदै

 सनमुन मोसन पिक्चर्स ग्रुपले आफनो नयाँ गीत चाडै नै बजारमा लिएर आउदै छ । ‘ए काली’ नामक उक्त गीतमा आशिष थापाको स्वर,शब्द तथा संगीत रहेको छ । सन्जय धमलाको निर्देशनमा तयार सो भिडियोलाई उषा पराजुलीले सम्पादन गरेकी छिन् भने बिजय धमलाको कोरियोग्राफी रहेको छ । बेनिस भण्डारी र रोश्ना ढकालको अभिनय तथा नृत्यले म्यूजिक भिडियो अझ बढी रोचक देखिएको छ ।
सन्जय धमला
रोश्ना ढकाल
गोदावरीको रमणिय दृश्य कैद गरेर तयार गरिएको उक्त भिडियोमा गायक आशिष थापा चै मलेशियामा रहेको कारण भिडियोको लिप्सिङ्हरूमा मलेशियाको केहि रमणिय दृश्यकोनी लाभ उठाउन सकिने निर्देशक सन्जय धमलाको भनाई छ। करिब दुई वर्षदेखि सक्रिय उक्त ग्रुपले युट्युब च्यानल मार्फता कभर भिडियोहरुबाट आफनो यात्रा शुरु गरेको थियो । अहिले विभिन्न अफिसियल म्युजिक भिडियोहरुमा काम गरिहेको छ। आउदै गरेको यो भिडियो पनि श्रोता दर्शकले मन पराईदिनेछन् भन्नेमा सनमुन मोसन पिक्चर्स ग्रुपले विश्वास लिएको छ । यस अघि सनमुन मोसन पिक्चर्स ग्रुपले नै बजारमा ल्याएको ‘हेर हेर कान्छी मोरीलाई’ बोलको लोक दोहोरी भाकाबाट मनोरञ्जन लिनुहोस्, हेर्नुहोस् भिडियो:-
आशिष थापा
https://www.youtube.com/watch?v=MsI44j3Sdw0&feature=youtu.be