अस्ट्रेलिया पेरु दुवै घर फर्किए

समूह सी अन्तर्गत समूह चरणको अन्तिम खेलमा पेरुले अस्ट्रेलियाविरुद्ध शानदार प्रदर्शन गरेको छ। रुस विश्वकपको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बोकेको अस्ट्रेलिया दुई खेलबाटै बाहिरिसकेको पेरुसँग २-० ले पराजित भएको हो।

अस्ट्रेलियासँगको खेलको १८ औं मिनेटमा गोल गर्दै पेरुले अग्रता लिएको थियो। पेरुका लागि १८ औं मिनेटमा आन्द्रे कारिलोले गोल गरे। पहिलो हाफ १-० मा रोकिएको अस्ट्रेलियाले दोस्रो हाफमा अर्को गोल खाएको हो।

दोस्रो हाफको पाँच मिनेटपछि अस्ट्रेलियाविरुद्ध पेरुका पावलो गुरेरोले गोल गर्दै अग्रता २-० मा पुर्याए। त्यसपछि भने पेरुले गोल गर्न सकेन। अस्ट्रेलियाले यो म्याच जितेको भए अघिल्लो चरणको सम्भावना थियो। यद्यपी उसले नराम्रो हार खाएपछि अर्को म्याचमा बराबरी खेलेका फ्रान्स विजेता र डेनमार्क उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका छन्।