नेप–जीएएसएम स्ट्यान्ड–अप कमेडी शो

विगत केही महिनादेखि यूट्युबमा चर्चा कमाउदै आएको नेप–जीएएसएम स्ट्यान्ड–अप कमेडी शोले सेलीब्रेटी म्यानेजमेन्ट नेपालसँगको संयुत्त आयोजनमा लाइभ स्ट्याण्ड–अप कमेडी गरेको छ ।उक्त शो राजधानीको मीनभवनस्थित पानस रेस्टोरामा सम्पन्न भएको बताइएको छ। शोमा गायक तथा कलाकार सत्यराज आचार्य र गायक स्वरुपराज आचार्यको विशेष उपस्थिति रहेको थियो। उनीहरुले यस्ता शो भइराख्नु पर्नेमा जोड दिएका छन्।

कमेडी शोमा पाँच जना हाँस्य कलाकारहरु लेखमणी त्रिपाल, सहर्ष केसी, रुपक बुढाथोकी, योजना थापा, बिभोर अधिकारीका अतिथिक कलाकार रोशन सुवेदीको बेजोड प्रस्तुतीहरु रहेको जनाइएको छ। शोमा उपस्थिति दर्शकले पेट मिचि मिचि हासेको आयोजकको भनाइ छ।