कवि तथा गीतकार अमर बान्तुको पुस्तक एल्वम बिमोचन

राजधानिको लाजिम्पाट स्थित होलट शंकरमा कवि तथा गीतकार अमर बान्तुको ४४ वटा गीतहरु र १२ वटा कविता सङ्ग्रहित पुस्तक परिभाषाका राँटाहरु र १२वटा गीतहरु सङ्ग्रहित एल्वम अमर भावना एकसाथ बिमोचन भएको छ ।एल्वममा फूल जस्तै, जिन्दगीका दौडमा, फक्रदै रहरहरु, युगौं भयो, जन्मने रहर, हिड्नुपर्ने, भोजपुरैको बजार, आमा, यति धेरै, ओठमा आईलगायतका १२ वटा गीतहरु रहेका छन् जसमा राजु सिंह, न्यु बज्राचार्य, शान्तिराम राई, राज सागर, पारसमुकारुङ र मनोज थापाको सङ्गीतमा अन्जु पन्त, एड्रिन प्रधान, उदय सोताङ, राजेस पायल राई, राज सागर, स्वरुपचाज आचार्य, बानिका प्रधान लगायतकोआवाज रहेको छ।

अग्रज तथा युवा पुस्ताका चर्चित सङ्गीतकर्मीको उपस्थिती रहेको कार्यक्रममा बिशिष्ट अतिथकिा रुपमा डा. भोला रिजाल, कालि प्रसाद रिजाल, पूर्व मन्त्री तथागीतकार एस पी कोईराला, श्रवण मुकारुङ, सत्य स्वरुप आचार्यलगायतले एल्वम र पुस्तक दुवै राम्रो बनेको प्रतिकृया दिएका थिए। सञ्चारकर्मी हेम सुवेदीलेसञ्चालन गरेको कार्यक्रम ३ चरणमा बिभाजीत गरिएको थियो।

बरिष्ठ साहित्यकार तथा गायक गणेश रसिकको प्रमुख आतिथ्यमा सम्पन्न कृति बिमोचन समारोहमा एल्बम भित्रका गीतहरुको लाईभ प्रस्तुती गरिएको थियो भने ४वटा म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो। राज सागर र भिषण मुकारुङ्को लाइभ प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।