स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै रसिया क्वार्टरफाइनलमा

स्पेनलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । पेनाल्टी सुटआउटमा स्पेनका कोके र लागो आसपासको प्रहार रसियाली गोलकिपरले बचाएका थिए । निर्धारित ९० मिनेटमा दुबै पक्षबाट १-१ गोलको बराबरी भएपछि खेल थप ३० मिनेटसम्म खेलाइएको थियो । तर अतिरिक्त समयमा पनि दुबै पक्षबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । खेलको १२ औं मिनेटमा रसियाका सेर्गी इगन्सचेविकको आत्माघाती गोलमा स्पेनले अग्रता लियो । उनले डी एरियामा क्लियर गर्न लागेको बल सिधै गोलपोस्टभित्र छिरेपछि स्पेन १-० ले अग्रता लिने अवसर पायो ।

रसियालाई खेलमा फर्किन ४१ औ मिनेटको पेनाल्टीसम्म पर्खिनुपर्‍यो । आर्तेन डेजुबाले पेनाल्टीमार्फत गोल गरेपछि खेल १-१ को अवस्थामा पुग्यो । तर त्यसपछि निर्धारित समय ९० मिनेटसम्म दुबै पक्षाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलियो । स्पेनले भरपर्दा मिडफिल्डर आन्द्रे इनेस्टालाई प्लेइङ ११ मा समावेश गरेको थिएन । उनलाई खेलको ६० औं मिनेटमा मात्र मैदान प्रवेश गराइएको थियो ।

अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरमा पुगेको खेलमा रसियाले स्पेनलाई ४-३ ले पराजित गरेको हो। टाइब्रेकरमा कोकेले मिस गरेको पेनाल्टी आयोजक राष्ट्र क्वाटरफाइनलमा पुग्ने आधार बन्यो। कोकेको पेनाल्टीलाई रसियाका गोलरक्षक एकिनफेभले असफल बनाइदिएका थिए।टाइब्रेकरमा स्पेनका इनेष्टा गोल, पिकं र रामोसको पेनाल्टी मिस भएन भने रसियाका समलोभ, सर्गी, समलोभ, चेरिसेभ चारै जनाले आआफ्नो पेनाल्टीलाई जाली चुमाएका थिए। सन् २००२ मा पनि स्पेन आयोजक दक्षिण कोरियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो । विश्वकपमा स्पेनले चारमध्ये एक मात्र पेनाल्टी सुटआउट जितेको छ ।

घरेलु दर्शकको ठूलो साथ पाएको आयोजक रुसले दोस्रो हाफमा भने त्यति प्रभावशाली प्रदर्शन गर्न सकेन। ७० प्रतिशतभन्दा बढी बल स्पेनिस खेलाडीको खुट्टामा रहँदा रुसले गोल गर्ने अवसर सिर्जना गर्न सकेन। तर त्यसको विपरीत विपक्षी पोस्टमा लगातार आक्रमण बुने पनि सन् २०१० को विश्वकप विजेता स्पेनले गोल गर्न सकेन। आइतबार राति भएको प्रिक्वार्टरफाइनल खेल अघि स्पेन र रुस ६ पटक आमनेसामने भएका थिए। ६ खेलमध्ये स्पेनले चार खेलमा जित हात पारेको थियो भने दुई खेल बराबरी भएको थियो। विगतका प्रतिस्पर्धामा रुसले पराजित गर्न नसकेकाले उच्च मनोबल लिएर मैदान उत्रिएको स्पेनले विगतको प्रदर्शनलाई भने दोहोर्या‍उन सकेन।