डेनमार्कलाई हराउंदै क्रोएसिया अन्तिम ८ मा

क्रोएशीया तथा डेनमार्कबीचको खेलमा डेनमार्क  पराजीत भएको छ।  क्रोएशियाले डेनमार्कलाई  टाइब्रेकरमा ३-२ ले हराएको हो। निर्धारित ९० मिनेटको खेल एक-एकको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुग्यो।टाइब्रेकरमा पुग्नु अघि क्रोएशियाले खेलको ११७ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो तर लुका मोड्रिकले प्रहार गरेको पेनाल्टीलाई  डेनमार्कका गोलरक्षक कास्पर सेमिचेल उत्कृष्ट बचाउ गरे जसका कारण खेल टाइब्रेकरमा पुग्‍यो।

खेलमा पहिलो अग्रता डेनमार्कले लिएको थियो । डेनमार्कले खेलको पहिलो मिनेटमै गोल गर्न सफल भएको थियो । माथियस जोर्जेन्सनले ५८ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाए जुन गोल विश्वकप इतिहासमा डेनमार्कका लागो सबैभन्दा छिटो गोल पनि थियो । तर, खेलमा पछि परेको २ मिनेटमै क्रोएसियाले गोल फर्काएको हो । क्रोएसियाका लागि स्ट्राइकर मारियो मान्डजुकिचले गोल गरेका थिए । क्रोएसियाको यस विश्वकपमा शतप्रतिशत नतिजा रहेको छ । क्रोएसिया समूह ‘डी’को समूह विजेताका रुपमा अन्तिम १६ मा छनोट भएको थियो भने डेनमार्क समूह ‘सी’ को उपविजेता हुन सफल भएको हो ।