कलाकारितामा जिनिलिया श्रेष्ठ

सुन्दर चेहरा र असल शिक्षादिक्षाले युक्त प्रतिभाशाली नवयौवना जिनिलिया श्रेष्ठ नेपाली कलाकारितामा जम्ने सुरमा छिन् ।अंग्रेजी साहित्यमा स्नातक उत्तीर्ण जिनिलिया सानै देखि नृत्य र गायनमा रुचि राख्थिन् । शिक्षकहरुको प्रोत्साहनले पनि उनलाई कलाकारिकाप्रति मोहित बनाउदै लग्यो ।स्कुले कार्यक्रममा नाचेर गाएर आफुलाई खारेर आएकी जिनिलिया अब कलाकारितामा संक्रियता पुर्वक लाग्ने सोचमा छिन् ।पूर्ण शिक्षित बनेर कलाकारितामा आएकी छिन् उनी। कलाकारितालाई आवश्यक सिपहरु पनि उनीमा छ । म्युजिक भिडियोको अनुभब लिईसकेकी छिन् ।आधा दर्जनभन्दा बढि म्युजिक भिडियो खेलीसकेकी छिन् । गायनकला पनि उनीसंग छ।केहि गीत कभर पनि गरेकी छिन् । म्युजिक भिडियो, स्टेज कार्यक्रम र चलचित्र अभिनय आदि सबै कलाकारितामा रम्ने सोच उनीसंग छ । पुर्ण पारिवारिक समर्थन र हौसलाले उनलाई एकदम उर्जाशिल बनाएको छ ।उनका सुन्दर तस्विरहरु यहॉ पेश गरिएको छ । यि सुन्दर तस्विर विकास अधिकारीले खिचेका हुन् ।

तस्विर: विकास अधिकारी