टाइब्रेकरमा कोलम्बिया पराजित इङ्ल्याण्ड पुग्यो क्वाटरफाइनल

रुसमा जारी फिफा विश्वकपको प्रिक्वाटरफाइलनको मंगलबार रातिको खेलमा इङ्ल्याण्ड कोलम्बियामाथि जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  कडा प्रतिस्पर्धात्मक खेलमा इङ्ल्याण्ड पेनाल्टी सुटआउटमा ४–३ ले बाजी मार्न सफल भएको हो । पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिंएको खेलको करीब दोस्रो हाफको १० मिनेटपछि इङ्ल्याण्डले पेनाल्टीको अवसर पायो । कप्तान हेरी केनले पेनाल्टीको सदुपयोग गर्दै ५७ औं मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाए ।

इङ्ल्याण्ड जितको नजिकको पुगेको बेलामा कोलम्बियाका डिफेन्डर एरी मिनाले ९० मिनेटपछिको अतिरिक्त समय ९३ अाैं मिनेटमा गोल गरी बराबरी गरेपछि खेल अतिरिक्त समय हुँदै ट्राइब्रेकरमा पुगेको थियो । सुरुमा २–२ गोल भएपछि कोलम्बिया र इङ्ल्याण्डका गोलकिपरले एक–एका पेनाल्टी बचाएको थिए । कोलम्बियाका उरीबले प्रहार गरेको पेनाल्टी पोस्टको बारमा ठोक्किएर बाहिरिएको थियो । टाइब्रेकर कोलम्बियाले २ पेनाल्टी मिस गरेको थियो। जीतका लागि इङ्ग्ल्याण्डले अन्तिम पेनाल्टीसम्म कुर्नु परेको थियो। पेनाल्टी मार्फत इङ्ल्याण्डले विश्वकप इतिहासमा जीत हात पारेको यो पहिलो अवसर हो। क्वाटरफाइनलमा उसले स्वीडेनको सामना गर्नेछ।

इङ्ल्याण्डको विजयसँगै जारी विश्वकपको क्वाटरफाइनलको समिकरण पूरा भएको छ। इङ्ल्याण्डसँगै क्वाटरफाइनलमा ब्राजिल, फ्रान्स, उरूग्वे, स्वीडेन, बेल्जियम,रसिया र क्रोएशिया पुगेका छन्।  क्वाटर फाइनलका खेल शनिबार र आइतबार हुनेछन् ।