वर्षायाममा मेकअप: प्रस्तुति:जुली प्याकुरेल

विवाह , व्रतवन्ध होस् वा कुनै सभा ,समारोह । हरेक कार्यक्रममा महिलाहरुका लागि मेकअपको ठूलो महत्व हुन्छ । मेकअपले नै महिलालाई सुन्दर देखाउन मद्दत गर्छ । तर हरेक मेकअपको पनि आ-आˆनै विशेषता हुन्छ । आ-आˆनै महत्व हुन्छ । वर्षायाममा कस्तो मेकअप गर्ने ? यसबारे तपाईं पनि घोत्लिनुभएकै होला । किनभने मेकअप गरेर बाहिर निस्कदा पानीले पखालिने डर । पसिनाले लतपतिने डर । तर, मेकअप त गर्नैपर्छ । त्यसैले कुनै पनि कार्यक्रमलाई ध्यानमा राखेर मेकअप गर्दा त्यस वरिपरिको वातावरण तथा मौसमलाई पनि विशेष ध्यान दिनु पर्दछ । र, मौसम भन्नासाथ वर्षायामको पनि कुरा आउँछ ।

नेपालमा वैशाषदेखि असारसम्म पानी पर्ने गर्दछ । र, यही मौसममा विवाह, व्रतवन्ध, तथा अन्नप्रासनको लगन पनि धेरै पर्ने गर्दछ । त्यसैले यो मौसममा कुनै पनि विवाह, व्रतवन्ध तथा सभा-समारोहमा भाग लिनु पूर्व यस्ता मौसममा कस्तो मेकअप गर्ने भनेर जान्न आवश्यक छ । अन्यथा, आकाशबाट परेको पानीका कारण मेकअप लत्तपत्तिने डर त हुन्छ नै, अचानक परेको वर्षाका कारण अनुहारको चमक समेत कम हुने गर्छ । त्यसैले, यो समस्या नहोस् भन्नका लागि वर्षातको समयमा मेकअप गर्दा यी कुरामा ध्यान दिन आवश्यक छ –

१. वर्षामा सकेसम्म हल्का मेकअप गर्नु पर्छ । हल्का मेकअपले अनुहारको प्राकृतिक सुन्दरता कायम रहनुका साथै पानीले पनि अनुहारलाई खासै विर्गान पाउँदैन ।

२. विवाहिता नारीहरुले निधारमा अक्सर टिका वा विन्दीको प्रयोग गर्दछन् । वर्षातको समयमा यस्ता टिका वा विन्दीको प्रयोग घरमा गर्न त खासै समस्या हुँदैन । तर बाहिर निस्कदा भने वर्षाका कारण यस्ता विन्दी बग्ने सम्भावना अधिक हुन्छ । र अनुसारको रङ्ग बिरंगी बन्न पुग्दछ । त्यसैले वर्षायाममा यस्तो समस्याबाट बच्नको लागि सकेसम्म वाटर प्रुफ विन्दीको प्रयोग गर्नु पर्दछ । त्यस्तै, बजारमा पाइने विभिन्न किसिमको स्टिकर वाला टिकाको पनि प्रयोग गर्न सकिन्छ ।

३. वर्षातको समयमा अनुहारमा फाउन्डेसन तथा फेश पाउडर प्रयोग गर्नबाट बच्नु पर्छ । किनकी वर्षायाममा परेको पानीले यस्ता फाउण्डेशन तथा पाउडरलाई सजिलै बगाउन सक्दछ । त्यो समस्या नहोस् भन्नका लागि यदी अनुहारमा फाउण्डेशन वा फेश पाउडरको प्रयोग गर्नै परेमा भने भिजेको स्पंजको सहायता लिन सकिन्छ । भिजेको स्पंजको प्रयोगले अनुहारको मेकअपलाई लामो समयसम्म टिकाइराख्न मद्दत गर्छ ।

. वर्षायाममा मेकअप गर्दा फेश क्रिममा पनि विशेष ध्यान दिनु पर्दछ । अनुहारमा प्रयोग गरिएको गाढा तथा चिल्लो फेस क्रिमले अनुहारको सौन्दर्यता कम हुनसक्दछ । त्यसैले, यो मौसममा सकेसम्म तरल फेश क्रिमको प्रयोग गर्नु पर्दछ ।

प्रस्तुति:जुली प्याकुरेल