आधुनिक गीति संग्रह ‘शैली’ सार्वजनिक

शुक्रबार एक कार्यक्रमकाबीच गीतकार रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’ बरिष्ठ गीतकार रत्न शमशेर थापा ,गीतकार किरण खरेल,गजलकार  ज्ञानुवाकर पौडेल,गीतकार संघका अध्यक्ष चुुणामणी देवकोटा,  गीतकार शंकरप्रसाद कोइराला, लगायत थुप्रै कवि तथा गीतकारहरुको उपस्थितिमा  विमोचन गरिएको थियो । ‘शैली’ गीति संग्रहमा ६ वटा गीतहरु समावेश गरिएका छन् । थुप्तेन भुटिया , राज सिग्देल,  सहिमा श्रेष्ठ, सन्तोष श्रेष्ठ, नरहरी प्रेमी तथा नरेन्द्र प्यासी,   नारायण कोइराला, आभास श्रेष्ट गायिकाहरु संजीवनी, बुनु श्रेष्ट सिलु अधिकारी र शान्ति शर्माले  संगीत तथा स्वर भरेका छन् ।

एल्बमको रुपमा प्रकाशित यो रविन्द्रको तेस्रो कृति हो। प्रारम्भदेखि नै नयॉ पुराना सबै स्वरकर्मी समेट्दै आएका गीतकार रविन्द्र विविध भाव र विषयमा गीत लेख्दै आएका छन् । राष्ट्र , मानविय चरित्र , स्वभाब , मायाप्रेमका विबिध रुपमा उनको लेखन घुमेको देखिन्छ। विमोचन कार्यक्रममा एउटा गीतको म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो।