प्रतिभाशाली कलाकार दिनेश चट्टान र रेखा जोशीको स्वरमा तीज गीत आउदै

सुदुर पश्चिममा जन्मेर नेपाली कलाकारितामा रमाउदै आएका थोरै प्रतिभाहरुमा पर्नेबहुमुखी प्रतिभाशाली कलाकार हुन् । गायन र अभिनयमा उनको बिशेष रुचि देखिन्छ ।कालाकारिताको माध्यमबाट आफु र आफ्नो क्षेत्रलाई चिनाउने उद्देश्यले उनी क्रियाशील रहदै आएका छन् ।बिभिन्न फिल्म र म्युजिक भिडियोमा अभिनय गरिसकेका दिनेश सुरिलो स्वरमा गाउन पनि सक्छन् ।बिभिन्न शैलीमा उनले गाउदै पनि आएका छन् ।पप, आधुनिक, लोक, दोहोरी आदि सबै प्रकारका गीतमा उनी पारंगत छन् ।


अभिनय पनि गर्छन् । धेरै म्युजिक भिडियो तथा छोटा फिल्ममा पनि यिनको अभिन्य हेर्न सकिन्छ।अहिले पनि यिनी महिलाहरुको विशेष पर्व तीजको गीत बनाउने कार्यमा दौडी रहेका छन् । पश्चिमेली लोकप्रिय भाकामा यसपाली उनको गीत आउदै छ। ‘ तिम्ले साडी नाईटो देखाई लाउन्या पाराले ‘ बोलको गीत आफ्नै संगीत, स्वर र रचनामा तयार पार्दै छन् ।पश्चिमेली गीत भएकाले त्यहि क्षेत्रमा चर्चित रहेकी गायिका रेखा जोशीको स्वर पनि उनले आफ्नो गीतमा समावेश गराएका छन् ।गीत अव छिट्टै म्युजिक भिडियो सहित सार्वजनिक हुदैछ।