गायिका सुदृष्टिको नाचु नाचु लाग्ने तीज गीत

नव गायिका  सुदृष्टि राईको स्वरमा एउटा मिठो तिज गीत सार्वजनिक भएको छ । गीतमा पोखरेली गीतकार सुमन श्रापितको शब्द रहेको छ । सरल र उत्कृष्ट शब्द चयन गरिदिएकाले सुमनको लेखन तारिफ योग्य छ । मिठो र सरस शब्दलाई फेरि लोकप्रिय संगीतकार बि.बि अनुरागीले नाचु नाचु लाग्ने लय बनाईदिएकाले गीत अझ गहकिलो बन्न पुगेको छ । बि.बि कै संगीत संयोजन रहेको यो गीतको भिडियो पनि गतिलो बनेको छ । भिडियो निर्देशन र सम्पादन अशोक मल्लले गरेका छन् । रोशन श्रेष्ठको छायॉकंन रहेको यो गीतमा मनी राईले कोरियोग्राफ़ी गरेका छन् ।


किराती कल्चरमा जन्मेकी हुर्किएकी गायिका सुदृष्टि राइको तीजप्रतिको यो सद्भाब पनि तारिफ योग्य छ । यसरी आफुलाई बहुसंस्कृतिमा रमाउदै लगिन भने यिनको सागीतिक भबिष्य उज्जवल नै हुन्छ । सबैको सदभाब उनीप्रति रहन्छ । ‘तृतिया तिथीमा’ बोलको यो गीत बहु आयामिक छ । गायन मिठो छ । नाच्न सकिने सरल छ । मोडलहरुको राम्रो नृत्य रहेकाले भरपुर मनोरन्जन दिने कुरामा दुईमत छैन ।हिन्दू महिलाहरुको लागि विशेष चाडका रुपमा हेरिएको तीज पर्वका अवसरमा  गायिका सुदृष्टि राइको तीज गीतमा रमाइलो गरौं नाचौं भन्ने सन्देश छ । राईले मौलिकता बोकेको तिज गीत लिएर आएकी छन् ।