सनम मल्ल

भदौ ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रेनी’ वाट नेपाली रजतपटमा सनम मल्ल नायिकाको रुपमा देखापर्दै छिन् । उनको यो पहिलो फिल्म हो ।आकर्षक रुप मिलनसार बानी र अध्ययनशिल कर्मले उनलाई ज्ञानी बनाएको छ । आफ्नो पहिलो फिल्मको कथा र गीत उनैले तयार पारेकी हुन् । अभिनय र लेखन कला दुबैमा आफु दक्ष रहेको प्रमाणित अब उनले भदौ ८ मा गर्दैछिन् ।चलचित्र क्षेत्रमा नयॉ नायिकाको खोजी भैरहेको बेलामा उनको आगमन भएको छ ।उनको अभिनय र लेखनले चलचित्र कर्मीलाई छोयो भने एउटी गतिलो हिरोईनको रुपमा सनम जम्ने छिन्। यसै क्षेत्रमा केहि गरेर देखाउने सोचका साथ आएको उनको दावी छ । हेरौ उनलाई दर्शक र भाग्यले कतिको साथ दिने हो !