‘नाईं नभन्नू ल ५’ को दोस्रो गीत सार्वजनिक

भदौ ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘नाई नभन्नु ल ५’को दोश्रो गीत सार्वजनिक भएको छ ।‘बालापनको उमेर’ शीर्षकको गीतमा  मुख्य कलाकारद्धय अनुभव रेग्मी र सेड्रिना शर्माले नृत्य गरेको गीतमा बसन्त सापकोटाको संगीत, समिक्षा अधिकारीको स्वर छ ।  चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने कवितराज गहतराजको यसमा कोरियोग्राफी छ ।

विकास आचार्यको निर्देशन रहेको चलचित्र ‘नाई नभन्नु ल ५’मा दीलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सेड्रीना शर्मा, अभिषेक नेपाल लगायतको अभिनय रहेको छ ।वान टाइम सिनेमाको ब्यानरमा बनेको चलचित्रको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् ।