प्रकाश सुवेदी अब चलचित्रको निर्देशक

चलचित्रको पत्रकारितामा सक्रिय प्रकाश सुवेदी अब चलचित्रको निर्देशक बन्ने भएका छन् । ५० औं जन्मदिनको अवसर पारेर चलचित्र ‘बकम्फुसे राजा’को  निर्देशन गर्न लागेको  घोषणा गरिएको छ । चलचित्रमा गणेश सुवेदीको लगानी रहनेछ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, विष्णु कल्पितको छायांकन, सुनिल श्रेष्ठको कथा रहेको छ । चलचित्रका कलाकार भने केही समयपछि घोषणा गरिने सुवेदीले जानकारी दिए ।

पूर्ण रुपमा यो चलचित्र कमेडी कथामा निर्माण हुनेछ । निर्देशक सुवेदीले आफ्नो जीवनको नयाँ इनिङको रुपमा चलचित्र निर्देशन गर्न लागेको बताए । कार्यक्रममा चलचित्र क्षेत्रका केही हस्तीहरुको उपस्थिती थियो । हर्के हवाल्दार’ र ‘रिसानी माफ पाउँ’  हाँस्य टेलिसिरियल निर्देशन गरेका सुवेदी एक समय चलचित्र सम्बन्धी कार्यक्रम रजतपट चलाउथे ।