‘रेनी’को ट्रेलर तथा गीत सार्बजनिक

त्रिकोणात्मक प्रेमकथामा बनेको  चलचित्र ‘रेनी’ को काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर तथा गीत सार्बजनिक गरिएको छ । बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत तथा सनम मल्ल र गुरु भुटियाको गीत रहेको चलचित्र जयराम थापाले खिचेका हुन् । चलचित्रमा राजु किराँतको द्धन्द्ध र अनिश लामा मदन खड्काको कोरियोग्राफी रहेको छ ।सरोज खनाल, सुरवीर पण्डित , दीपक ढकाल, गिरिश रिजालका साथमा नवनायिका सनम मल्ल प्रमुख भूमिकामा रहेको चलचित्रलाई गिरिश रिजालले निर्देशन गरेका हुन् ।चलचित्रमा एक्शन,लभ,कमेडीका साथै सामाजीक सन्देशसमेत रहेको छ। ‘रेनी’ भदौ ८ गतेदेखि हलमा लाग्दैछ ।