निश्चल र नम्रताको ‘प्रसाद’ मंसिर २१ मा

निःसन्तान दम्पत्तीको कथामा दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘प्रसाद’को छायांकन सकिएको छ । चलचित्रलाई सुवास थापाले निर्माण गरेका हुन् । मंसिर २१ गतेबाट यो चलचित्र रिलिज हुनेछ । चलचित्रमा निर्देशक निश्चल बस्नेतको पनि मुख्य भूमिका छ । सुशिल पौडेलको कथा रहेको चलचित्रमा कलाकार विपिन कार्की र नायिका नम्रता श्रेष्ठ श्रीमान्-श्रीमतिको भूमिकामा छन् । राजेश श्रेष्ठले खिचेको चलचित्रमा कोशिश क्षेत्री र सुभाष भुसालको संगीत छ ।चलचित्रमा विकास सुवेदी एसोसिएट निर्देशकको रूपमा रहेका छन्।

चलचित्रका कलाकारहरुले ‘प्रसाद’ले दर्शकको मन छुने प्रतिक्रिया दिए । चलचित्रको छायांकन सकिदै गर्दा यसका कलाकार निकै खुशी देखिन्थे । आइतबार ४१ औं दिनमा प्याकअप भएको ‘प्रसाद’ले इन्डक्ल्याप गर्दै सो रिलिज मिति तोकेको हो। फिल्म निस्सन्तान दम्पतिको कथामा निर्माण भएको छ । नि:सन्तान दम्पतीको पिडा र उनीहरु बिचको विवादलाई चलचित्रमा प्रस्तुत गरिएको छ । निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा चलचित्रमा देखाइने छ।