एलिना बिष्ट र हर्कुलस बस्नेतको युगल स्वरमा: ‘छोएर मलाई’ 

एलिना बिष्ट र हर्कुलस बस्नेतको युगल स्वरमा रहेको गीत ‘‘छोएर मलाई’  ’ सार्वजनिक भएको छ । सन्तोष पोखरेलको शब्द र गायक हर्कुलसकै संगीतमा तयार भएको यो गीतमा रिकेश गुरुंगको संगीत संयोजन छ ।  म्युजिक व्यान्ड नै लिएर तयार पारिएको यो गीतको भिडियो पनि तारिफ योग्य छ । गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतले माया र प्रेमको सुन्दर भावलाई बोकेको छ । प्रेमजोडीको रोमान्टिक पललाई महसुस गरिएर यो गीत तयार गरिएको देखिन्छ । मन छुने शब्द र संगीतले गीतलाई राम्रो बनाएको छ । लुमन स्थापितले लिड गितार सम्हालेको ब्याण्डमा अशोक बस्नेतले रिदम गितार बजाउने जिम्मेवारी पाएका छन् भने गीतलाई उज्वल स्रेयन महतले मिक्सिङ गरेका हुन् । ब्रायन राईले खिचेको गीतको भिडियोलाई बिनय कंशाकारले सम्पादन गरेका हुन् ।

एलिनाको यो गीतले राम्रो प्रतिक्रिया बटुलिरहेको छ। बिशेष गरि गीतको कन्सेप्ट र गायन पक्षलाई धेरैले रुचाएका छन् । जापानमा रहेकी एलिनाको यो तेश्रो गीत हो। यसअगाडी उनले रहरहरु र होप बोलको २ वटा गीत बजारमा ल्याएकी छिन् । एलिना जापानमा पढ्दै छिन्। जापानमा बसे पनि नेपालको गीत संगीत सुन्न भुलेकी छैनन् । संगीतमा उनको रुची सानैदेखीको हो ।