गायिका सुशिला पाठकले ल्याईन कभर गीत ‘डाली डाली फूल फुल्यो’

पचासको दशकको सुपरहिट चलचित्र दुई थोपा आशु को बहु चर्चित गीत ‘डाली डाली फूल फुल्यो’ बोलको गीतलाई नयॉ पुस्ताकी प्रतिभाशाली गायिका सुशिला पाठकले रिमिक्स गरेर कभर गीतको रुपमा पुन श्रोतासमक्ष लिएर आएकी छिन् । साधना सरगमले गाएको गीतमा सुशिलाले पनि मिठो गला चलाएकी छिन् भने रन्जित गजमेरको संगीतलाई डिजे ए एनले नयॉ रुप दिएका छन् ।


सचिन थापा एन्ड टिमको निर्देशनमा तयार पारिएको यो गीतमा टेकेन्द्र शाहको सम्पादन , अन्जलीको मेकअप र गायिका स्यंमको चित्ताकर्षक अभिनय छ । राम्रो लोकेशनले भिडियो राम्रो देखिएको छ ।