‘बाँध मायाले’ को शिर्ष गीतमा आर्यन र सृष्टिको रोमान्स

असोज ५ प्रदर्शन प्रदर्शन मिति तोकिएको चलचित्र ‘बाँध मायाले’को रोमान्टिक गीत सार्वजनिक भएको छ । यो गीतमा चलचित्रका मुख्य कलाकार आर्यन अधिकारी र श्रृष्टी श्रेष्ठलाई फिचरिङ गरिएको छ। गीतमा दुवैको केमेस्ट्री सुहाएको देख्न सकिन्छ ।  यो गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।

चलचित्रमा राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङको साथमा नव–कलाकार किशोर खड्काको मुख्य भूमिका छ । रामहरि धिताल र विभिषिका श्रेष्ठको लगानी रहेको चलचित्रका सह–निर्माता महेन्द्र अधिकारी र केदार धिताल हुन् । चलचित्रको निर्देशन सविर श्रेष्ठले गरेका हुन् ।चलचित्रमा बाबु श्रेष्ठको छायांकन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।अभिनेता आर्यनले चलचित्रको कथा र आफ्नो अभिनय राम्रो भएको दाबी गरे । अभिनेत्री सृष्टीले चलचित्रबाट आफु आसावादी रहेको सुनाइन् ।