‘इन्टु मिण्टु लन्डनमा’ शिर्ष गीत सार्बजनिक

रेनाशा वान्तवा राई निर्देशित फिल्म‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष रिलिज गरिएको छ । साम्राज्ञी राज्य लक्ष्मी शाह,धिरज मगर,शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणा अभिनित यो चलचित्रलाई प्रज्वोल समशेर जबरा र प्रभु शमशेर जबराले मिलेर बनाएका हुन् । आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लण्डनमा’का सह–निर्मातामा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल छन् । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको चलचित्रमा सूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमनको संगीत छ । ५ असोजबाट प्रदर्शनमा आउने यो चलचित्र रोमान्टिक लभस्टोरी जनरामा निर्माण भएको हो ।

साम्राज्ञी र धिरजको चलचित्रमा रोमान्स देख्न सकिन्छ ।‘लण्डनमा’ बोलको गीतले चलचित्रको मुख्य भावलाई प्रस्तुत गरेको छ । सुजिल कर्मचार्यको शब्द रहेको गीतमा धिरजकै स्वर रहेको छ । गीतमा लण्डनको चित्रण गरिएको छ ।  गीतको भिडियोमा लण्डनको जीवनशैली, मानिसका सुख र दुखका कुरा गरिएको छ ।गीतको भिडियो बलिउड नायक साहरुख खानले अभिनय गरेको चलचित्र ‘जब तक हे जान’को ‘चल्लाकि लभ दा फिरे’ बोलको गीतको भिडियोसँग धेरै हदसम्म मिलेको छ । दुबै गीतको भिडियोलाई लण्डनमा खिचिएको हो । भिडियो मेकिङको शैली उस्तै छ ।