गायीका दिया यात्रीको मौलिक तीजको कोशेली ‘प्लेन चडी माइत जाउ’

गायीका दिया यात्रीले नेपाली मौलिक लोक लयमा आधारित नयाँ तीजको कोशेली ‘प्लेन चडी माइत जाउ’ बोलको तीज गीत नेपाली लोक सांगितिक दुनियाँमा उदाएकी छिन् । म्युजिक नेपालको प्रस्तुती  ‘प्लेन चडी माइत जाउ’मा दर्पण यात्रीको शव्द र संगीत रहेको छ । यस एल्वममा गायीका दीया यात्रीलाई साथ दिएकी छिन् अर्की गायीका तुल्सा बास्तोलाले । दुई गायीकाहरुको स्वरमा सजीएको गीतको भिडियोमा आरुसी मगर  र शर्मिला राईको अभिनय  रहेको छ ।

गीतमा नेपाली समाजमा बिद्यमान आर्थिक तथा सामाजिक बिकृति र बिसंगतीमाथि प्रहार गर्दै सभ्य समाजको निर्माणका लागि पहल गरिएको छ । आफ्नी श्रीमती र छोराछोरीको खुसी किन्नका लागि बिदेशमा पसिना बेचिरहेका श्रीमानको वाध्यतालाई बुझेर प्लेन नचढ्ने बरु गाडी चढेरै तीजमा माइत जाने श्रीमतीको आशयलाई यो गीतमा प्रस्तुत गरिएको छ । प्लेन चढ्दा श्रीमानलाई चरम आर्थिक भार पर्न सक्ने भएकाले गाडी चडेर भए पनि माइत जानु पर्छ भन्ने संदेश गीतले दिन खोजेको छ ।

श्रीमान बिदेशमा पैसा कमाउन गएका छन् भन्दैमा आफ्ना छोरा छोरीलाई महंगा बोर्डिङ्ग स्कुलमा नपढाएर सस्ता तथा गुणस्तरीय स्कुलमा पढाउँदै भेदभाव र गलत सोँचाई हटाउनका लागि गीतले आव्हान गरेकोे पाइन्छ । श्रीमानलाई बिदेश पठाएर महंगा साडी र आइफोनमा रमाउनु भन्दा स्वदेशमै एक अर्कासंग सुख दुख साट्नु पर्छ भन्ने खालको सामाजिक संदेश यस गीतले दिएको छ । यस गीतले सामाजिक बेथितिलाई उजागर गर्दै घाँटी हेरेर हाड निल्नु पर्छ भन्ने संदेश दिएको छ । मौलिक भाका, उत्कृष्ट शब्द संयोजन, कर्णपृय आवाज तथा दमदार नृत्य रहेको गीत र भिडियोले दर्शक / स्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।