गीतकार हरि विष्टको तिज गीत ‘माईतीको आश’ सार्वजनिक

गीतकार तथा संगीतकार हरि विष्टको यो वर्षको दोश्रो तिज गीत ‘ माईतीको आश’आज एक भव्य समारोह बिच सार्वजनिक गरियो । समारोहमा गीत संगीत क्षेत्रका महानुभाबहरुको उपस्थिति थियो । नन्दा बस्यालद्वारा निर्देशित यो भिडियोमा करण चौसिरको छायॉकंन ,प्रवीण बिष्टको सम्पादन,करिश्मा ढकाल र आरुसी मगरको मुल नृत्य तथा अभिनय छ । समुहगत कलाकारहरुको पनि गज्जबकै उपस्थिती यो गीतमा देखिन्छ ।भिडियो कन्सेप्ट गीतकार स्यमं विष्टकै रहेको छ ।


देवी घर्ती र राधिका हमालको तारिफ योग्य गायन यो गीतमा सुन्न पाईन्छ । स्लो फ़ास्ट दुवै बिटमा गीत बनाएको छ । सुन्ने बित्तिकै नाचु नाचु लाग्ने गरि संगीत संयोजक झलक संगीतमले संयोजन गरिदिएकाले नाच्नेहरुका लागि यो गीत बिशेष रोजाईमा पर्न सक्छ । नेपालकै लेकबाजाहरुको प्रयोग गरेर गीत संयोजन गरेकाले पनि गीत पूर्णरुपमा मौलिक देखिन्छ । तिजका अरु गीतका अगाडी यो बिशेष लाग्छ।रत्न बिकेको बाँसुरी , खड्ग बुढाको मादल,बल बहादुर जैरुको सहनाईको राम्रो संयोजन यो गीतमा छ ।


आलाप रेकडिंगमा रेकर्ड गरिएको यो गीतमा रेकडिष्टको भुमिकामा एस पी मुस्कान छन् भने गंगामाला फिल्मस् ले यसलाई निमार्ण तथा सार्बजनिक गरेको हो ।नितान्त मौलिक पन र टिपीकल नेपाली बाजा र शब्दले गीत तारिफ योग्य बनेको छ ।


आफ्नो नयॉ गीतको सार्वजनिक समारोहमा नै हरिले दुई वर्ष अधिको तिज गीत ‘माईतीको देश’ले युट्युभमा राम्रो सफलता पाएको खुशीयाली बनाउदै केक पनि काटेका थिए ।समारोह चलचित्रकर्मी तथा नेपाल सांस्कृतिक संघका अध्यक्ष तिर्थ थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।