नेपाल महिला रेस्लिङ फाउन्डेसनको साधारणसभा सम्पन्न: भगबती खड्कालाई पुन अध्यक्षमा

नेपालमा महिला रेस्लिङको विकास र विस्तार गर्न अब महिलाहरु पनि जुर्मुराउन थालेका छन् । विगतमा नेपालमा हुने गरेका रेस्लिङमा प्रतिस्पर्धामा सहभागी बनेर राष्ट्रियरुपमा ख्याति कमाईसकेका पुराना महिला रेस्लर र केही नयॉ प्रतिभाहरु जुटेर नेपालमा पनि रेस्लिङको आधिकारिक संस्था गठन गरेको अहिले तीन वर्ष बितेको  छ । संस्थाले आज आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । तेस्रो साधारण सभाले पहिलो महिला रेस्लर भगबती खड्कालाई पुन अध्यक्षमा  निर्वाचित  गरेको  छ । नव निर्वाचित कार्यसमितिमा कमला रेग्मी उपाध्यक्षमा चुनिएकी छिन् भने सचिवमा अस्मिता राई, कोषाध्यक्षमा अस्मिता सुनार तथा सदस्यहरुमा मुना श्रेष्ठ,शोभा शुखरिया,डेनिका राई निर्वाचित भएका छन् ।

फाउन्डेसनले आगामी दिनमा नेपालमा रेस्लिङ खेलको माध्यमबाट खेलभाबनाको बिकास गर्दै समुन्नत समाजको निर्मांणमा जुट्ने कुरा बताएको छ । संस्थाको कोष अभिबृद्धीमा लागिपर्दै बिभिन्न ठाउमा खेल प्रतिस्पर्धा र खेलाडी उत्पादन गर्न तालिमको व्यबस्था गरिने पनि जनाएको छ ।