बिन्ध्यबासिनी संगीतसाँझ र अवार्डमा सम्मानित हुनुहुने श्रष्टा सर्जकहरुको नाम सार्वजनिक

मुक्तिमुक्तिनाथ बिकास बैंकको प्रायोजनमा बिन्ध्यबासिनी म्युजिकको प्रस्तुतीमा र बिन्ध्यबासिनी फाउण्डेशनको आयोजनामा हुन गईरहेको “बिन्ध्यबासिनी संगीत साँझ २०७५” र “नवौं बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७५” मा सम्मानित हुनुहुने श्रष्टा सर्जकहरुको नाम फाउण्डेशनले आज सार्वजनिक गरेको छ। घोषित नाम अनुसार लाईफ टाईम अचिभमेन्ट अवार्ड  शक्ति बल्लभ , संगीत साधना सम्मान ज्ञानु राणा , संगीत रत्न सम्मान सुगम पोखरेल , कलापत्रकारीता सम्मान रमण घिमिरे, चलचित्र सम्मान  मिनबहादुर भामले प्राप्त गर्नु हुनेछ।

यस बर्षबाट देश संघियताको ढाँचामा अगाडी बढिरहेको सन्दर्भमा, बिन्ध्यबासिनी पत्रकारिता पुरस्कार पनि हरेक प्रदेशबाट एक जाना छनौट गरि ७ प्रदेश बाट ७ पत्रकारलाई पुरस्कृत गर्ने कुरा फ़ाउन्डेशनले बताएको छ । जस अनुसार यस पटक सपनी राई ज्यू (इलाम एफएम) , शिभम कुमार ( नारायणी एफएम  ), हरि बल्लभ नेपाल ( मेरो एफएम ), प्रकाश पौडेल ( धौलागिरी एफएम),अनिता खत्री  ( रेडियो रेसुङ्गा ), केशब ढकाल( भेरी एफ एम),कृष्ण ओली ( बाजुरा एफएम र नागरिक दैनिक) पुरस्कार प्राप्त गर्नु हुनेछ।

प्राबिधिक कारणले कार्यक्रमको मिति घोषणा नगरिएता पनि अशोज भित्रै कार्यक्रम गरिने पनि जनाईएको छ । यसपटक देखि मिश्रित कलाकार नराखि एकल कलाकारको प्रस्तुति गरिने कुरा पनि फ़ाउन्डेशनले बताएको छ ।  फाउन्डेसनले यसका लागि संगीतकार तथा गायक अनि गीतकार अर्जुन पोखरेललाई छनौट गरेको छ । कार्यक्रममा अर्जुनका लोकप्रिय गीत तथा संगीत प्रस्तुत हुनेछन् ।