प्रथम महिला रेस्लर भगवतीले जन्मदिन भव्य समारोह बिच मनाईन

प्रथम नेपाली महिला रेस्लर भगवती खड्का युनिकाले आफ्नो जन्मदिन एक भव्य समारोह बिच मनाएकी छिन् । महिला रेस्लिंग फ़ाउन्डेशनको प्रागणमा एक भव्य समारोह बिच सम्पन्न सो समारोहमा उनकै प्रशिक्षार्थीको सहभागिता थियो । रेस्लर बबी पिटर कुमाल,सन्जित खम्बा,कुन्ज,   अस्मिता सुनार जुरेली, अस्मिता राई, र शोभा सुखरिया , भगवती खड्का,संगीता गुरुंग, मनोज पार्कर र उत्तम विष्टबिचको त्रिपक्षीय भिड़न्त उपस्थित सबैले मनपराएका थिए ।

गायक बिनोद ढकाल र अमृता रेग्मीले पनि उपस्थित दर्शकलाई राम्रो मनोरन्जन प्रदान गरेका थिए। युट्युभ ईन्टरट्रेनर सोनिका रोकायाले पनि दर्शकलाई आफ्नो नृत्य कलामार्फत मनोरन्जन दिलाए थिईन । समारोहलाई भव्य बनाउन बिभिन्न संघ संस्थालेप्रायोजन गरेका थिए । भविष्यमा पनि यस्तै कार्यक्रमगर्दै नेपालमा रेस्लिंग खेललाई प्रवर्धन गरिने कुरा रेस्लर तथा सस्थाकी कोषाध्यक्षअस्मिता सुनार जुरेलीले बताएकी थिईन ।

फाउन्डेसनले आगामी दिनमा नेपालमा रेस्लिङ खेलको माध्यमबाट खेलभाबनाको बिकास गर्दै समुन्नत समाजको निर्मांणमा जुट्ने कुरा बताएको छ । संस्थाको कोष अभिबृद्धीमा लागिपर्दै बिभिन्न ठाउमा खेल प्रतिस्पर्धा र खेलाडी उत्पादन गर्न तालिमको व्यबस्था गरिने पनि जनाएको छ । कलाकारिता र रेस्लिङ्ग खेललाई एकसाथ अघि बढाएकी भगवती खड्का ‘यूनिका’ ले यो फाउण्डेसन सञ्चालनमा ल्याएकी हुन् ।