ललितपुर इमाडोलमा सागीतिक मनोरन्जन दिने रेष्टुरेन्ट:”सिमप्ली द वेष्ट”

सागीतिक मनोरन्जन लिदै साथमा मिठा मिठा परिकारहरु आनन्दमय वातावरणमा खान इच्छुक हुनु हुन्छ ? त्यसोभए ललितपुर इमाडोलमा रहेको ” सिमप्ली द वेष्ट रेष्टुरेन्ट” जान सक्नु हुन्छ । जहाँ तपाईलाई स्वागत गर्न हसिला परिचारकहरु प्रतिक्षारत छन् ।आजबाट विधिवतरुपमा संचालनमा आएको यो रेष्टुरेन्टमा सुपथ मुल्यमा विविध लग्जरियस खानाहरुको परिकार खान पाईन्छ । आज एक भव्य समारोह विच गायक आनन्द कार्कीको हातबाट उदघाटन गरिएको यो रेष्टुरेन्टमा दैनिक गीतसंगीतको कार्यक्रम पनि हुने कुरा प्रवन्ध निर्देशक रविन चापागाईले जानकारी दिएका छन् ।