डक्टर किरांतको ‘तस्बिर’सार्वजनिक

बिगत दुइ दशकदेखि नेपाली संगीत अध्यापन र श्रीवृद्धिमा क्रियाशील रहदै आएका संगीतकर्मी डक्टर किरॉतले आज एउटा सागीतिक समारोहमा संगीतक्रमी र राजनितिज्ञहरुको राम्रो उपस्थितीमा आफ्नो नविनतम कृति ‘ तस्विर’ सार्वजनिक गरेका छन् ।

गायक शभ्भु राई, गायिका बिमला राई,गीतकार भुपाल राई,सांसद हेम कुमार राई र सुदन किरातीको सामुहिक हातबाट विमोचित यो एल्बममा दिलिप राई सगरको एकल शब्द छ ।प्रवासमा रहेर आफ्नो कार्य गर्दै फुर्शदमा रचना कर्म गर्दै आएका दिलिपका शब्द गहकिला छन् ।

कार्यक्रममा एल्बम मा समावेश गायक कन्काईष्ट राई गायिका दीपा लामाले गाएका गीतको म्यूजिक भिडियो समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा संगीतकार डाक्टर किरांतले एल्बममा राखिएको गीत गाएर उपस्थितलाई सुनाएका थिए । एल्बम नयाँ मार्गी सङ्गीत एकेडेमी एण्ड प्रोडक्शनले बजारमा ल्याएको हो