कौरा भाकाको लोकगीत ‘बुकी फूल’  सार्वजनिक

नेपाली गीतसंगीतको क्षेत्रमा मौलिक गीतको खडेरी परिरहेको अवस्थामा गायिका केशु गुरुङ र गायक दुर्गा गुरुङले संयुक्त रुपमा एउटा कौरा भाकाको लोकगीत ‘बुकी फूल’  सार्वजनिक गरेका छन् । निक्कै मार्मिक र तार्किक छ यो गीत । सुख दुख सबै मानबिय पक्ष समेटेर निकै मेहनत गरेर उपलब्ध सबै सिप र प्रविधी खर्च गरेर गीत बनाएको छ ।

राजधानीमा मंगलबार आयोजित एक समारोहबीच गुरुङ कला–संस्कृति र पहिचान बोकेको ‘बुकी फूल’लाई बरिष्ठ लोकगायक तथा फिल्म निर्देशक नारायण रायमाझी, पत्रकार विदुर गिरीलगायतले सार्वजनिक गरेका थिए । गीतमा शब्द गायक तथा संगीतकार रेशम गुरुङ र गायिका केशु गुरुङकै रहेको छ । लय रेशम गुरुङको रहेको उक्त गीतको भिडियोलाई तनहुँको बन्दिपुरस्थित धरमपानीमा छायांकन गरिएको हो ।

गीतको भिडियोलाई पर्सन गुरुङले निर्देशन गरेका हुन् । भिडियोमा गायिका केशु गुरुङ, विष्णु थापा, टेक गुरुङ, चाउ बि गुरुङ, टार्जन गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । शक्ति प्रज्वल घिमिरेको छायांकन तथा सम्पादन रहेको भिडियो उक्त भिडियोलाई निर्वाणा टिभी नेपालले सावजनिक गरेको हो ।